यस पाठले जीविकोपार्जनको साझा र व्यावहारिक बुझाइ निर्माण गर्ने, र सहभागीहरूलाई नयाँ विचारहरू र उपयोगी उपकरणहरूको साथ प्रेरित गर्ने उद्देश्य लिएको छ । यस्तो बुझाइ, विचार र उपकरणहरूले सहभागीहरूको क्षेत्रहरूमा जीविकोपार्जनसँग सम्बन्धित कल्याण र आयस्रोतहरु र संस्कृतिलाई बलियो बनाउनेछ।
जीविकोपार्जन
सिक्ने समुदाय
परिचय पृष्ठ/पाठको संक्षिप्त सारांश
पाठको प्रकार:
लघु पाठ
भाषा:
अंग्रेजी, फ्रेन्च, स्पेनी, नेपाली
अनुमानित समय:
हप्ताको चार घण्टा
अवधि:
पाँच अध्याय (हप्ताको एक अध्याय)
सहजकर्ता:
योहाना लुज शोराक, शिक्षक तथा सहजकर्ता
आरआरआई सचिवालयका सहयोगी तथा सह-सहजकर्ताहरू:
नतालिया केनी, वरिष्ठ एसोसियट, गठबन्धन तथा रणनीतिक सञ्जाल
डेभिड क्रोकर-मोस, वरिष्ठ एसोसियट, भूस्वामित्व अभिलेख तथा जीविकोपार्जन
ग्रेजिला टनाका, निर्देशक, गठबन्धन तथा रणनीतिक सञ्जाल
कार्यतालिकाः जुन १७ देखि जुलाई १९ सम्म:
- अध्याय एक
जुन १७ देखि २३ सम्म
प्रत्यक्ष सत्रः जुन १९, बुधबार
- अध्याय दुई
जुन २४ देखि ३० सम्म
प्रत्यक्ष सत्रः जुन २६, बुधबार
- अध्याय तीन
जुलाई १ देखि ७ सम्म
प्रत्यक्ष सत्रः जुलाई ३, बुधबार
- अध्याय चार
जुलाई ८ देखि १४ सम्म
प्रत्यक्ष सत्रः जुलाई १०, बुधबार
- अध्याय पाँच
जुलाई १५ देखि १९ सम्म
प्रत्यक्ष सत्रः जुलाई १७, बुधबार
Live Session A
14:00 – 16:00 UTC
10:00 – 12:00 EDT (Washington)
14:00 – 16:00 GMT (Lomé, Monrovia)
15:00 – 17:00 WAT (Kinshasa, Libreville, Yaoundé)
17:00 – 19:00 EAT (Antananarivo, Nairobi)
19:30 – 21:30 IST (New Delhi)
19:45 – 21:45 NPT (Kathmandu)More time zones, click here.
Live Session B
18:00 – 20:00 UTC
13:00 – 15:00 PET (Bogota, Lima)
14:00 – 16:00 EDT (Washington)
19:00 – 21:00 WAT (Kinshasa, Yaoundé)
21:00 – 23:00 EAT (Antananarivo)
More time zones, click here.
पाठ्यक्रम अनुक्रमणिका र विवरण
सिकाइ उद्देश्य:
नवीन जीविकोपार्जनका पहल र विचारहरूलाई अन्वेषण गर्न सकियोस् भनि विभिन्न दृष्टिकोण, आवाज र अनुभवहरूको अन्वेषण गरेर जीविकोपार्जनको सामूहिक बुझाइलाई बढावा दिनु ।
यो पाठमा तपाईँले देहायबमोजिमका कार्यहरु गर्नुहुनेछ:
- आफ्नो समुदाय वा क्षेत्रभित्र समृद्धिको मूल्य र दृष्टिकोण स्पष्ट पार्ने, र सम्भावित जीविकोपार्जन पहलहरूको कल्पना गर्ने ।
- दिगो जीविकोपार्जनलाई अवधारणात्मक र व्यावहारिक रूपमा वर्णन गर्ने, र विभिन्न प्रकारका जीविकोपार्जनका उदाहरणहरू दिने ।
- जीविकोपार्जनको ढाँचा भित्र “सम्पत्ति” परिभाषित गर्ने र तपाईंको समुदायको आवश्यकता र आकांक्षाहरूको सम्बोधन गर्न तिनीहरूलाई कसरी नक्साङ्कन गर्ने भन्ने बुझाइ हासिल गर्ने
- पाठ्यक्रममा अन्य सहभागीहरूसँग पारस्परिक बुझाइ कायम गर्ने, आ आफ्नो बुझाइ साझेदारी गर्ने, सम्पर्क निर्माणको सुरु गर्ने ।
सिकाइ उद्देश्य:
आफ्ना क्षेत्रहरूमा नयाँ पहलहरू वा कार्यहरूलाई प्रेरित गर्न आन्तरिक र बाह्य कारकहरू सहितका जीविकोपार्जनलाई प्रभावित गर्ने साझा अवरोधहरू र चुनौतीहरूबारे आफ्नो बुझाइलाई प्रष्ट बनाउनु।
यो पाठमा तपाईँले देहायबमोजिमका कार्यहरु गर्नुहुनेछ:
- आफ्नो समुदाय वा इलाकामा जीविकोपार्जनको सम्बन्धमा महिला र युवाहरूले सामना गर्ने साझा संघर्षहरू पत्ता लगाउने ।
- यी अवरोधहरू पार गर्न समान चुनौतीहरूको सामना गरिरहेका व्यक्तिहरू वा समुदायहरूले प्रयोग गर्ने प्रतिक्रियाहरूको व्याख्या गर्ने ।
- आफ्नो क्षेत्र मा प्राकृतिक र मानव सम्पत्ति वर्गीकरण।
सिकाइ उद्देश्य:
सहयोगी रणनीतिहरू र सामूहिक व्यवस्थापनको माध्यमबाट पहलहरूको व्यवहारिकता बढाउने कारकहरूको पहिचान गर्ने । प्राप्य वा प्राप्त गर्न सकिने अवसरहरू सिर्जना गर्ने परिस्थितिहरूको बारेमा छलफल गर्ने ।
यो पाठमा तपाईँले देहायबमोजिमका कार्यहरु गर्नुहुनेछ:
- विभिन्न स्वायत्त र स्व-निर्धारण सामूहिक व्यवस्थापन संरचनाहरू तुलना गर्ने
- सुरक्षामा जोड दिँदै प्रतिस्पर्धा र सहयोग दुवैको प्रयोग गरी आत्म-संगठित प्रयासको लाभ विश्लेषण गर्ने
- प्रमुख सम्पर्कहरू र सम्भावित सहयोगीहरूको नक्साङ्कन गर्ने प्रक्रियामार्फत सामाजिक पूँजी र सम्भावित सहयोगीहरूको पहिचान गर्ने
- आफ्नो क्षेत्रमा भौतिक सम्पत्तिहरू पहिचान गर्नुहोस्
सिकाइ उद्देश्य:
दिगो जीविकोपार्जन पहलका लागि वित्तीय विकल्पहरू अझ राम्रोसँग बुझ्न र तपाईंलाई आफ्नो समुदायको वित्तीय आवश्यकताहरूको लागि विकल्पहरू कल्पना गर्न मद्दत गर्ने ।
यो पाठमा तपाईँले देहायबमोजिमका कार्यहरु गर्नुहुनेछ:
- आफ्नो समुदायको वित्तीय सम्पत्तिको नक्साङ्कन गरेर दिगो जीविकोपार्जन पहलका लागि उपलब्ध वित्तीय विकल्पहरू र स्रोतहरू खाका बनाउने ।
- सम्पत्ति नक्साङ्कनमा आधारित सम्भावित जीविकोपार्जन रणनीतिहरू पहिचान गर्ने, र यसलाई एक पहलको रूपमा विकास गर्ने र सामूहिक प्रस्तुतीकरण तयार गर्नुहोस्।
- कार्यक्रमको आकार र पूर्वशर्तहरूको आकारको आधारमा आर्थिक स्रोतका प्रकारहरूको तुलना गर्ने ।
सिकाइ उद्देश्य:
सहभागीहरूले पाठ्यक्रमको क्रममा आएका सम्पत्ति रेखाङ्कनबाट र विचारहरूबाट आफ्नो निष्कर्षहरू प्रस्तुत गर्नेछन्। उनीहरूले र एक अर्काको पहल र विचारहरू बढाउने उद्देश्यका साथ सामूहिक प्रतिक्रिया प्राप्त गर्नेछन्, नयाँ अवसरहरूको खोजी गर्नेछन्, र समूहमा छलफल गरेर प्रस्तावहरूलाई पुष्टी गर्नेछन् ।
यस सत्रमा हामीले देहायबमोजिमका कार्यहरु गर्नेछौं:
- तपाईंको समुदाय र क्षेत्रसँग सम्बन्धित अघिल्लो सत्र र गृहकार्यमा भेला भएका आफ्नो सम्भावित पहलको प्रमुख अवधारणाहरू र विचारहरूलाई प्रभावकारी रूपमा सारांश प्रस्तुत गरी प्रस्तुति सीपको अभ्यास गर्नुहोस् ।
- सत्रको समयमा साना समूहहरूमा प्रदान गरिएका अन्य सहभागीहरूको प्रतिक्रिया समावेश गरेर तपाईंको जीविकोपार्जन परियोजनाको लागि प्रारम्भिक प्रस्ताव बनाउनुहोस्।
- आरआरआई गठबन्धन भित्र यो सिकाइ समुदायलाई कायम राख्नको लागि अर्को चरणहरू पहिचान गर्नुहोस् र क्षेत्रहरूमा जीविकोपार्जनको कामलाई अगाडि बढाउनुहोस् ।
जीविकोपार्जन सिक्ने समुदाय
पाठ्यक्रम पृष्ठभूमि
यो सिकाइ समुदाय आरआरआई गठबन्धनको लागि एक सामूहिक दृष्टिकोणबाट उत्पन्न भएको हो । यसले सामुदायिक महिला र युवाहरू लगायत आदिवासी, स्थानीय समुदाय, र अफ्रिकीमूलका मानिसहरूको सन्तती (आईपी, एलसी र एडी) को आत्म-निर्धारित आर्थिक र विकास दृष्टिकोणलाई समर्थन गर्दै उनीहरूलाई आफ्नो भूमि, क्षेत्र र स्रोतहरूमा प्रथागत अधिकारको पूर्ण उपभोग गर्न सक्षम तुल्याउँछ ।
आरआरआईको जीविकोपार्जन सम्बन्धी कार्यक्रमको दूरदृष्टीबाट उदृत गरिएकोः
“भूमि अधिकारको संघर्ष अन्तरपुस्ता, दीर्घकालीन र कहिलेकाहीं अनिश्चित हुन्छ । जबकि जीविकोपार्जनको आवश्यकता दैनिक आधारभूत अस्तित्वको प्रश्न हो। जीविकोपार्जन सुरक्षाको अर्थ हो कि स्थानीय मानिसहरूले तात्कालिक आवश्यकताहरू पूरा गर्न र भावी पुस्ताहरूको लागि एक व्यावहारिक भविष्य प्रदान गर्न सक्षम छन् । जसले गर्दा उनीहरूको भूमि अधिकारको लागि वकालत र रक्षा सहित अन्य लक्ष्य र प्राथमिकताहरू पछ्याउने आफ्नो क्षमतालाई प्रभावित गर्दछ। यसको विपरीत, भूमि स्वामित्वको सुरक्षाले समुदायहरूको जीविकोपार्जनका अवसरहरू, र न्यायपूर्ण र समतामूलक परिणाम वा तेस्रो पक्षहरूसँग सम्झौताको सम्भावनालाई आकार दिन्छ।”
जीविकोपार्जन सम्बन्धी सिकाइ समुदायको उद्देश्य आरआरआई गठबन्धनभित्रको ज्ञान आदानप्रदानको लागि स्थान प्रदान गर्नु हो । जीविकोपार्जनलाई बुझ्नका लागि महत्त्वपूर्ण विषयहरूमा ध्यान केन्द्रित गर्नु र युवा र महिलाहरूमा विशेष ध्यान केन्द्रित गर्दै जीविकोपार्जन र आय आर्जन गर्ने नयाँ गतिविधिहरूको विकासलाई प्रेरित गर्नु पनि यसको उद्देश्य हो।
पाठ्यक्रम विशिष्ट उद्देश्यहरू
- खतराहरू, अवरोधहरू र अवसरहरू समेत पहिचान गरेर आर्थिक आत्मनिर्णय, र वन, भूमि र स्रोत अधिकारको लागि जीविकोपार्जनको व्यापक बुझाइ प्राप्त गर्नु ।
- घटना अध्ययनमा आधारित रहेर जीविकोपार्जन र आय-आर्जनका नयाँ उपायहरु वा गतिविधिहरू विकास गर्नु र अनलाइन प्लेटफर्ममार्फत विभिन्न सन्दर्भहरूमा समान परिस्थितिहरूका अन्य व्यक्तिहरूसँग जोडिनु ।
- कार्यान्वयन गर्न सकिने व्यावहारिक उपकरणहरू पहिचान गर्न, नक्सांकन गर्न, अनुसन्धान गर्न र विकास गर्न सिक्नु ।
सहभागिताका आवश्यकताहरू
तपाईं साप्ताहिक प्रत्यक्ष सत्रहरूमा भाग लिन सक्षम हुनुहुन्छ भनी कृपया सुनिश्चित गर्नुहोस् । यी साप्ताहिक प्रत्यक्ष सत्रहरू संवाद र सामूहिक शिक्षाको लागि मुख्य माध्यम हुनेछन् । यसमा प्रत्येक व्यक्तिले आ-आफ्नो क्षेत्रको ज्ञान साझेदारी गर्नेछन् ।
गैरभौतिक सिकाइको ५ हप्ता, प्रति हप्ता ४ घण्टाको समय प्रतिबद्धता:
- जुममा साप्ताहिक प्रत्यक्ष सत्र, प्रत्येक २ घण्टा (ब्रेक सहित)
– मिति: १९ जून, २६ जून, ३ जुलाई, १० जुलाई, १७ जुलाई - प्रत्येक हप्ता स्व-निर्देशित शिक्षाको २ घण्टा: अध्ययन सामग्रीहरू अनलाइन समीक्षा (पठन, भिडियो, घटना अध्ययन) र गृहकार्य तयारी ।
- सहभागीहरूको लागि पाठ्यक्रम सामग्री छलफल गर्न र प्रत्यक्ष सत्रहरू बीच प्रश्नहरू सोध्नका लागि ह्वाट्सएप समूह