Now Available! Freshwater Tenure Data in the RRI Tenure Tool!
Out now! RRI's 2023 Annual Report
NEW! Online dashboard brings transparency to climate finance
    • EN
    • FR
    • ES
Rights + Resources - Supporting Forest Tenure, Policy, and Market Reforms
  • Who We Are
    • The Coalition
    • Our Impact
    • History of RRI
    • Institutional Information
    • Board of Directors
  • How We Deliver
    • Building The Evidence Base
    • Funding Mechanisms
      • Strategic Response Mechanism
      • The Community Land Rights and Conservation Finance Initiative (CLARIFI)
    • Convening Unlikely Allies
    • Innovation and Incubation
  • Where We Work
    • Africa
    • Asia
    • Latin America
  • Our Themes
    • Gender Justice
    • Rights, Climate and Conservation
    • Private Sector Engagement
    • Rights and Livelihoods
  • Resources
    • Publications
    • The Land Writes Blog
    • Press Room
    • Events
    • Tenure Tracking
      • RRI Tenure Tool
      • LandWise Law Library
    • The Land Rights Standard
    • Women in Global South Alliance
    • Livelihoods: Learning Community
  • Who We Are
    • The Coalition
    • Our Impact
    • History of RRI
    • Institutional Information
    • Board of Directors
  • How We Deliver
    • Building The Evidence Base
    • Funding Mechanisms
      • Strategic Response Mechanism
      • The Community Land Rights and Conservation Finance Initiative (CLARIFI)
    • Convening Unlikely Allies
    • Innovation and Incubation
  • Where We Work
    • Africa
    • Asia
    • Latin America
  • Our Themes
    • Gender Justice
    • Rights, Climate and Conservation
    • Private Sector Engagement
    • Rights and Livelihoods
  • Resources
    • Publications
    • The Land Writes Blog
    • Press Room
    • Events
    • Tenure Tracking
      • RRI Tenure Tool
      • LandWise Law Library
    • The Land Rights Standard
    • Women in Global South Alliance
    • Livelihoods: Learning Community

मेरो पाठ्यक्रम

आदिवासी, स्थानीय र अफ्रो-वंशज समुदायहरूको लागि समृद्धि सिर्जना गर्दै

पाठ १: जीविकोपार्जनबारे हाम्रो साझा बुझाइ के हो?
पाठ २: चुनौतीहरू र अवरोधहरू कसरी पार गर्ने ?
पाठ ३: सफल जीविकोपार्जन पहलहरू कसरी गर्ने ?
पाठ ४: परियोजनालाई वास्तविकतामा कसरी परिणत गर्ने ?
सत्र ५: हाम्रा विचारहरू के हुन् र हामी कसरी एकअर्कालाई त्यहाँसम्म पुग्न मद्दत गर्न सक्छौं?
स्रोतहरू
    • EN
    • FR
    • ES
    • NP

पाठ १ : जीविकोपार्जनबारे हाम्रो साझा बुझाइ के हो?

मोड्युल डाउनलोड गर्नुहोस् प्रत्यक्ष सत्र:

परिचय:

यस पाठमा हामी जीविकोपार्जनबारे हाम्रो सामूहिक बुझाइलाई आकार दिने विविध दृष्टिकोणहरू, आवाजहरू र अनुभवहरू अन्वेषण गरेर सँगै सिक्नेछौं ।

तपाईंले आफ्नो समुदायको मूल्य, समृद्धि र कल्याणको दृष्टिकोणबारे विमर्श गर्नुहुनेछ। हामी सिद्धान्त र व्यवहार दुवैमा दिगो जीविकोपार्जनको वर्णन गर्नेछौं, र तपाईंको क्षेत्र र समुदायहरूमा कुन पूँजी वा सम्पत्तिहरू (जुन मानिसहरूले जीविकोपार्जन गर्न प्रयोग गर्छन्) अवस्थित छन् भनेर नक्साङ्कन गर्न सुरु गर्नेछौं । यस पाठमा हामी एक साथ जीविकोपार्जनका नवीन पहलहरूको अन्वेषण गरेर विश्वास र पारस्परिक बुझाइको आधारमा छलफल गर्न सुरु गर्नेछौं।

जीविकोपार्जन के हो?

जीविकोपार्जनको परिभाषा तपाईं बाँचेको वा काम गरेको समुदाय, संस्कृति, मूल्य मान्यता वा सन्दर्भको आधारमा फरक-फरक हुन सक्छन् । कसै-कसैको लागि यो केवल मानिसहरूले आफ्नो जीविकाको लागि कमाउने तरिका हो । अरूको लागि, जीविकोपार्जन पहिचानको एक भाग हो । कसैको लागि यो केवल एक काम मात्र हुन सक्छ । कसै कसैलाई जीविकोपार्जनको अर्थ आफ्नो समुदायमा व्यवसाय वा ठूलो सामूहिक उद्यम सिर्जना गर्नु पनि हुन सक्छ।

आरआरआई गठबन्धन र हाम्रो नेटवर्कभित्र, हामीले दिगो जीविकोपार्जन, आत्म-निर्धारित जीविकोपार्जन, वा जीविकोपार्जन सुरक्षाको बारेमा छलफल गरिरहेका छौं । यसको अर्थ स्थानीय जनताको तात्कालिक आवश्यकताहरू पूरा गर्न र आउने पुस्ताहरूको लागि एक व्यावहारिक भविष्य प्रदान गर्ने क्षमता अभिवृद्धी गर्ने हो । उनीहरूलाई भूमि अधिकारको वकालत र रक्षा सहित अन्य लक्ष्यहरू र प्राथमिकताहरू पछ्याउने उनीहरूको क्षमतालाई वृद्धि गर्ने पनि हो । साथै, भूस्वामित्वको सुरक्षाले समुदायहरूको जीविकोपार्जनका अवसरहरू र नजिकका समुदायहरू, सरकारहरू वा कम्पनीहरू लगायत समाजभित्र न्यायोचित र समतामूलक सम्बन्धको सम्भावनालाई आकार दिन्छ ।

जीविकोपार्जनको परिचय

“घरपरिवारले गर्ने गतिविधिहरू उनीहरूको जीविकोपार्जनमा निर्भर गर्दछ (हामीसँग के छ) । जीविकोपार्जनलाई घरेलु समूहहरूले दैनिक रूपमा बाँच्न र उनीहरूको तात्कालिक भविष्यको उद्देश्यहरू प्राप्त गर्न प्रयोग गर्ने स्रोतहरूको रूपमा बुझिन्छ। घरपरिवारमा जीविकोपार्जन व्यक्तिगत ज्ञान र सीप (मानव पूँजी), भूमि र पानी (प्राकृतिक पूँजी), बचत र पूर्वाधार (क्रमशः वित्तीय र भौतिक पूँजी), साथै औपचारिक र अनौपचारिक दुवै परिवार र समुदायहरू बीचको सहयोगी सम्बन्ध हुन सक्छ । यसले परियोजनाहरू (सामाजिक पूँजी) मा मद्दत गर्दछ।
परिवारहरूले उनीहरूका लागि उपलब्ध जीविकोपार्जनलाई गतिविधिहरूको एक सेटमार्फत संयोजन गर्दछ । हामी यसलाई जीविकोपार्जन रणनीतिहरू भन्छौं (हामी के गर्न सक्षम छौं)। यो जीविकोपार्जन रणनीतिले परिवारलाई खाना, लुगाफाटा, आवास, शिक्षा, स्वास्थ्य जस्ता तात्कालिक आवश्यकताहरू पूरा गर्न सहयोग प्रदान गर्छ । त्यसै गरी, परिवारहरूले स्वस्थसेवा, पर्याप्त र खाद्य सम्प्रभूता सहितको भोजन जस्ता अमूर्त उद्देश्यहरू प्राप्त गर्न खोज्छन्। मूर्त र अमूर्त उद्देश्यहरूले अपेक्षित वा इच्छित परिणामहरू बनाउँदछ (हामी के गर्न चाहन्छौं)।

पुस्तकबाट: समुदाय सद्भावको सुदृढीकरणका लागि जीविका र क्षेत्रीय नवाचार (पृष्ठ 21)।

घटना अध्ययन: कसावा भनिने एक दक्षिण अमेरिकी खाद्यपदार्थको फोहरबाट स्वच्छ ऊर्जा उत्पादन

भिडियोमा बेनिन भन्ने देशको अदौ डु बाटा भन्ने स्थानमा कसरी दिगो तरिकाले कसावा उत्पादन गरिएको छ भन्ने देखाउँछ । यहाँ नाकायाको नेतृत्वमा एक सहकारीमा महिलाहरूले चक्रीय उत्पादन विधिहरू मार्फत आफ्नो जीविकोपार्जन परिवर्तन गरेका छन्। सहकारीले बायोग्यास उत्पादन गर्न कसावाको फोहोर प्रयोग गर्दछ । त्यही बायोग्यासको उर्जा कसावा प्रशोधनको लागि प्रयोग गरिन्छ । यसले काठ जलाउने र वन फँडानीमा कम गरेको छ । यसले दाउरा बाल्ने महिलाको स्वास्थ्यको रक्षा गर्न पनि मद्दत गर्दछ। यसको अतिरिक्त, बायोग्यास उत्पादनले जैविक मल उत्पादन गर्दछ, र भविष्यमा कसावा खेतीको लागि माटोको उर्वरता बढाउँछ। यो चक्रीय दृष्टिकोणले महिला सहकारीको आर्थिक गतिविधिलाई मात्र बढावा दिँदैन बरु पर्यावरणीय स्थिरतालाई पनि बढावा दिन्छ र कसावा प्रशोधनमा संलग्न महिलाहरूको स्वास्थ्य स्थितिमा सुधार गर्दछ।

भिडियो: बेनिनमा, स्वच्छ ऊर्जा उत्पादन गर्न कसावाको फोहर ११ मिनेट

आदिवासी समुदायहरू एकल खेतीमोनोकल्चरसँग लडिरहेका छन् र ब्राजिलको अमेजनमा "बायोइकोनोमी" अर्थात् जैविक अर्थतन्त्र सिर्जना गर्दैछन्

ब्राजिलको टुपीमोजाइक भन्ने स्थानका आदिवासी समुदायहरूले वन संरक्षणलाई बढावा दिने आर्थिक उद्यमहरू विकास गरिरहेका छन् । “अमेजन क्षेत्रमा आजको आर्थिक विकासको ढाँचा एकल-उत्पादन अर्थव्यवस्थाहरूमा आधारित छ, जस्तै बीफ, सोया, र पाम तेल।” तथापि, व्यापार गर्नका लागि अन्य मोडेलहरू पनि छन् । “परम्परागत अमेजन प्रणालीहरू एकल खेती प्रणालीमा नभई विविधतामा आधारित छन् । यहाँ स्थानीय र आदिवासी समुदायहरूले पुस्तौंदेखि विभिन्न प्रकारका बालीहरू र जंगलबाट ल्याइएका खाद्य पदार्थहरूको प्रयोग गरिरहेका छन् । विभिन्न वन प्रकारहरू र खेती गरिएका क्षेत्रहरूमा सावधानीपूर्वक रेखाङ्कन गर्दै छन्, र समग्र परिदृश्यलाई निरन्तरता दिएका छन्।” वनजन्य उत्पादनको साथ विकास गरिएका मूल्य शृङ्खलाहरूमा अकाई, हस्तकलाका उत्पादनहरू, ब्राजिलका नट्स, कोकाओ र रैथाने बीउहरू हुर्काउने व्यावसायिक मोडेल हुन् ।

यस दृष्टान्तात्मक प्रतिवेदनका निम्न पृष्ठहरू पढ्नुहोस्: अमेजन वर्षावनमा एक नयाँ जैविक अर्थतन्त्र

📖अकाई मूल्य शृङ्खलाको बारेमा जान्न पृष्ठ १७ र १८ पढ्नुहोस्

📖हस्तकलाका उत्पादनहरूको बारेमा जान्न पृष्ठ २१ र २२ पढ्नुहोस्

जीविकोपार्जन सम्पत्ति वा पूँजीको नक्सांकन

आफ्नो समुदाय वा क्षेत्रको सम्पत्ति वा पूँजी (मानिसहरूले जीविकोपार्जनका लागि के प्रयोग गर्छन्) को बारेमा सोच्नु तपाईंको समुदाय वा क्षेत्रको लागि सम्भावित जीविकोपार्जनको कल्पना गर्ने महत्त्वपूर्ण पहिलो कदम हो।  

सम्पत्तिलाई पाँच प्रकारमा वर्गीकृत गर्न सकिन्छ: 

  • मानव पूँजी मानव संसाधनको एक भाग हो जुन व्यक्तिको गुणहरू द्वारा निर्धारित हुन्छ, जस्तै व्यक्तित्व, मनोवृत्ति, योग्यता, कौशल, ज्ञान, साथै उनीहरूको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्य। 
  • सामाजिक पूँजी भनेको मानव संसाधनको त्यो भाग हो जुन मानिसहरूले अरूसँग गरेको सम्बन्धद्वारा निर्धारित हुन्छ। यी सम्बन्धहरू परिवारका सदस्यहरू, साथीहरू, कामदारहरू, समुदायहरू र संगठनहरू बीच हुन सक्छन्।
  • सामाजिक पूँजी भनेको मानव संसाधनको त्यो भाग हो जुन मानिसहरूले अरूसँग गरेको सम्बन्धद्वारा निर्धारित हुन्छ। यी सम्बन्धहरू परिवारका सदस्यहरू, साथीहरू, कामदारहरू, समुदायहरू र संगठनहरू बीच हुन सक्छन्।
  • भौतिक पूँजी मानिसहरूले सिर्जना गरेका स्रोतहरूबाट प्राप्त हुन्छ। यसमा भवन, सडक, यातायात, खानेपानी, बिजुली, सञ्चार प्रणाली र उपकरण र मेशिनरी हरू समावेश छन् जसले अधिक पूँजी उत्पादन गर्दछ। भौतिक पूँजी उत्पादक वस्तु र सेवा हरू र उपभोग्य वस्तुहरू बाट बनेको छ जुन मानिसहरूले प्रयोग गर्न को लागी उपलब्ध छन्।
  • वित्तीय पूँजी सृजित स्रोतहरूको एक विशिष्ट र महत्त्वपूर्ण भाग हो। यसमा ज्याला, बचत, ऋण आपूर्ति, विप्रेषण वा निर्वृत्तीभरणको रूपमा मानिसहरूलाई उपलब्ध वित्त समावेश छ। यो अक्सर, परिभाषा अनुसार, गरीब मानिसहरूको सबैभन्दा सीमित सम्पत्ति हो।

 

विभिन्न व्यक्तिहरूले विभिन्न तरिकामा सम्पत्तिहरू पनि पहुँच गर्नेछन्, उदाहरणका लागि, निजी स्वामित्व, सामूहिक स्वामित्व वा प्रथागत अधिकारको रूपमा।

📖जीविकोपार्जनको स्तम्भ र पूँजीहरूको बारेमा थप पढ्नुहोस्:  दिगो जीविकोपार्जनको दृष्टिकोणबाट कृषि जैव विविधता व्यवस्थापन ।

 

जीवनका तरिकाहरू, जीविकोपार्जनको लागि एक मूल्य-संचालित दृष्टिकोण

मेक्सिकोको चियापासस्थित  कलेज अफ द साउदर्न बोर्डरको ‘लाइभलिहुड एण्ड टेरिटोरियल इनोभेसन फर द स्ट्रेन्थिङ अफ कम्युनिटी हार्मनी’ नामक म्यानुअलमा   जीविकोपार्जनका लागि मूल्यमा आधारित दृष्टिकोणका रूपमा ‘जीवनका तरिकाहरू’ को अवधारणा प्रस्तुत गरिएको छ ।यस क्षेत्रीय ढाँचामा जीवनको तरिकाहरू निम्नानुसार वर्णन गरिएको छ ।

 

“हाम्रो वरिपरि फल फलाउने सबै चीजहरू

जीवन केमा छ र केमा छैन जानेर प्रयोग गर्न”

हाम्रो समुदायको पूँजीको नक्सांकन सुरु गर्नुअघि हामी यी प्रश्नहरू सोध्न लेखकहरू सुझाव दिन्छन्: : हामी के परिवर्तन गर्न चाहन्छौं? रणनीति परिवर्तन गर्न मद्दत गर्ने मूल्यहरू के-के हुन्?… किनकि यी केवल हामीले आशा गरेका परिणामहरू पहिचान गर्ने एक माध्यम हो । जीविकोपार्जनमा समुदायले आफ्नो मूल्य मान्यताअनुसार आफ्ना आवश्यकताहरू पूरा गर्नका लागि उपलब्ध पूँजीहरू अनुसार अपनाउने रणनीतिहरू समावेश छन्। जीविकोपार्जन स्थिर छैन, तिनीहरू क्षेत्रीय नवीनताहरूद्वारा गतिशील हुन्छन् र यसलाई समुदायहरूले निरन्तर परीक्षणमा राखेका हुन्छन्।

📖 जीवनका मार्गहरूको एक सिंहावलोकनको लागि छोटो अंश (पृष्ठ 24, 25, 26 बाट) पढ्नुहोस्।

गृहकार्य

पहिलो प्रत्यक्ष सत्र पछि पूरा गर्न गतिविधिहरू। अनुमानित समय: 1 घण्टा 30 मिनेट

व्यक्तिगत गृहकार्य (३० मिनेट)

समुदायका एल्डरहरूसँग दिगो जीविकोपार्जनमा छलफल गर्न प्रोत्साहित गर्ने प्रश्नहरू र प्रम्प्टहरू।

समूह गृहकार्य (६० मिनेट)

आफ्नो समुदायको मूल मान र चाहनाहरू पहिचान गर्नुहोस्, सम्पत्ति म्यापिङको लागि आधार प्रदान गर्नुहोस् र दिगो जीविका सम्भावनाहरू पहिचान गर्नुहोस्। ।

Rights + Resources - Supporting Forest Tenure, Policy, and Market Reforms
  • The Land Writes Blog
  • Press Room
  • Institutional Information
  • Board of Directors
  • Staff
  • Work With Us
  • Contact Us
  • Organizational Policies

In the United States: 2445 M Street, NW, Suite 520, Washington, DC 20037
+1 202 470 3900 [email protected]

In Canada: 401-417 Rue Saint-Pierre, Montréal, QC H2Y 2M4

I’d like to receive news about: Community land rights in general | Latest blog posts from RRI | Gender justice in land and forests | Mobilizations and urgent action alerts